ad ad

समाज


थप १३ सय ४ जनामा संक्रमण पुष्टि, २ हजार ७३ निको भए, २१ को मृत्यु

थप १३ सय ४ जनामा संक्रमण पुष्टि, २ हजार ७३ निको भए, २१ को मृत्यु

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको मन्त्रालयले जनाएको छ। आद देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७३ निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .