ad ad

राजनीति


राष्ट्रिय गौरवका आयोजनामा कोभिडको असर अध्ययन गर्न संसदीय उपसमिति गठन

राष्ट्रिय गौरवका आयोजनामा कोभिडको असर अध्ययन गर्न संसदीय उपसमिति गठन

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:३५,

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडको असर सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ।

समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुमा कोभिडले पारेको असर सम्बन्धमा स्थलगत अनुगमन गरी अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन उपसमिति गठन गर्ने निर्णय गरेको हो।

समिति सभापति दिल कुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सरकारलाई निर्देशन एवं सुझाव दिने गरी उपसमिति गठन गरेर समितिका क्रियाकलापलाई अगाडि बढाउने निर्णय भएको बताइन्।

कोभिड संक्रमणको जोखिमका कारण समितिका नियमित बैठकहरु प्रभावित भएको र अवदेखि बैठकलाई निरन्तरता दिनका लागि उपसमिति बनाएर काम गर्ने तयारी गरिएको सभापति रावलले बताइन्।

पछाडी परेको क्षेत्र, समुदाय, मानवअधिकारको सन्दर्भमा, राष्ट्रिय सम्पदा, राष्ट्रि सुरक्षा, विभिन्न सन्धि सम्झौता लगायतका विषयमा पनि समितिले छलफललाई अगाडि बढाउने गरी कार्ययोजना निर्माण गरिएको सभापति रावलले बताइन्।

यस्तै लैङ्गिक हिंसा विरुद्धको विषयमा तीन तहका सरकार र जनप्रतिनिधिको भूमिका सम्बन्धमा पनि छलफल चलाउने निर्णय बैठकले गरेको छ। समितिले प्रस्ताव गरेको संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्धको विषयमा गोष्ठी गर्ने सम्बन्धमा समेत छलफल भएको सभापति रावलले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .