ad ad

राजनीति


ब्रह्मपुत्रमा चीन र भारतबीच बाँध बनाउने प्रतिस्पर्धा

ब्रह्मपुत्रमा चीन र भारतबीच बाँध बनाउने प्रतिस्पर्धा

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार २३:४५,

चीनले तिब्बतस्थित ब्रम्हपुत्र नदीमा बाँध बनाउने भएपछि जवाफमा भारतले पनि अरुणाचल प्रदेशमा ठूलो ड्याम बनाउने योजना अघि सारेकाे छ।

चीनले तिब्बतस्थित ब्रह्मपुत्र नदीमा ६० गिगावटकाे जलविद्युत् परियोजना निर्माण गर्दै छ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक वरिष्ठ चिनियाँ अधिकारीको भनाइ उधृत गर्दै लेखेकाे छ- ‘चीनले तिब्बतमा ब्रह्मपुत्रबाट ६० गिगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गर्दै छ।’

भारतीय सञ्चारमाध्यमका अनुसार जवाफमा भातरले पनि ब्रह्मपुत्रमा १० गिगावाटको हाइड्रोपावर स्थापना गर्ने तयारी गरेकाे हाे। 

भारतका जलशक्ति मन्त्रालयका वरिष्ठ अधिकारी टीएस मेहराले भने, ‘चिनियाँ बाँधको प्रतिकूल प्रभाव कम गर्न अरुणाचल प्रदेशमा पनि ठूलो बाँध चाहिन्छ। हामीले यस विषयमा सरकारका उच्च अधिकारीलाई प्रस्ताव पठाइसकेका छौं। ड्याम निर्माण भएपछि भारतसँग अत्यधिक पानी भण्डार गर्ने क्षमता हुन्छ। त्यसपछि हामी चीनका कुनै पनि कार्यको जवाफ दिन सक्षम हुनेछौं।’

ब्रहम्पुत्र नदी तिब्बतबाट सुरु भई भारतको अरुणाचल प्रदेश हुँदै असमबाट बंगलादेशसम्म बगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .