ad ad

राजनीति


प्रधानमन्त्री ओलीविनै नेकपा सचिवालय बैठक सुरु

प्रधानमन्त्री ओलीविनै नेकपा सचिवालय बैठक सुरु

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ८:५१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै सुरु भएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री बैठनमा नगएको तर बैठक सुरु भइसकेको जानकारी लिए। ‘बैठक सुरु भएको छ, प्रधानमन्त्री भने जानुभएको छैन, केही बेरमा जान पनि सक्नुहुन्छ’, थापाले नेपालखबरसँग भने।

दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताताको कारण २ बजेका लागि सरेको थियो।

सचिवालय बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका ७ नेता २ बजे नै बालुवाटार पुगेका थिए। सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने केही ढिला गरी बालुवाटार पुगेका थिए।

दिउँसो साढे दुई बजेसम्म कुर्दा पनि प्रधानमन्त्री ओली बैठकमा नआएपछि बैठक सुरु भएको हो।

आजको बैठकमा सदस्यहरुले दुबै प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने एक सचिवालय सदस्यले बताए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएका थिए। त्यसको १५ दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै ३८ पृष्ठको प्रतिवेदन ल्याएका थिए। अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्नका लागि सचिवालय बैठक बसेको ती नेताले जनाकारी दिए।

नेकपाले बिहीबार (भोलि) स्थायी समिति र मंसिर २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ।

यसैबीच आजको सचिवालयको बैठक अघि प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन्। अध्यष ओली हिजोको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव फिर्ता गरी माफी माग्नु पर्ने र प्रतिवेदन खारेज गर्नुपर्ने अडानमा थिए।

बैठकमा बोल्ने धेरैजसो सदस्यले दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताएका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .