ad ad

राजनीति


गृहजिल्ला पुगेका कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

 गृहजिल्ला पुगेका कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ९:५२,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको बताएका छन्।

बुधबार गृहजिल्ला तनहुँकाे व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

व्यास नपा वडा नं। १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्ने क्रममा विवाद नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद तथा झड्प भएपछि तनहुँ प्रहरीले पौडेलसहित तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले सामाजिक सत्तजाल फेसबुकमा लिएका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

No description available.

पुल उद्घाटनको विषयलाई लिएर सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध गरेपछि दमौली बजारमा मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको थियो।

पौडेलले निषेधाज्ञाको उल्लंघन गर्दै कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .