ad ad

राजनीति


अमेरिकी प्रतिवेदन भन्छः चीनले सुनियोजित रुपमा गलवान उपत्यकामा झडप निम्त्यायो

अमेरिकी प्रतिवेदन भन्छः चीनले सुनियोजित रुपमा गलवान उपत्यकामा झडप निम्त्यायो

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ९:४५,

उक्त झडपमा चिनियाँ सेनाले धारीला हतियारहरु प्रयोग गरेको पाइएको थियो। चिनियाँ सेनाले काठका टुक्रामा फलामको तारले बेरेर हतियार बनाएको तस्बिरहरु सार्वजनिक भएका थिए।

यतिबेला गलवान उपत्यकामा भएको झडपको विषयमा अमेरिकाले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनमा गलवान उपत्यकामा भएको झडप चीनको सुनियोजित कार्य भएको उल्लेख गरिएको छ।

चीन सरकारले सुनियोजित रुपमा झडप निम्याउँदा २० भारतीय सेनाको ज्यान गएको बताइएको छ।

यूएस–चाइना इकोनोमिक एन्ड सेक्युरिटी रिभ्यु कमिसनले तयार गरेको प्रतिवेदन अमेरिकी कँग्रेसमा मंगलबार पेश गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

China ramps up military presence in friction points in Ladakh, other areas  along LAC, New satellite images show | India News – India TV

प्रतिवेदनमा चीन र भारतबीचको वास्तविक नियन्त्रण रेखा एलएसीमा झन्डै ८ महिना भएको धक्कामुक्कीलाई यस दशककै सबैभन्दा ‘गम्भीर सीमा संकट’ भनिएको छ।

प्रतिवेदनमा भनिएको छ,‘केही प्रमाणहरुले यो देखाउँछ कि चिनियाँ सरकार हताहतीको सम्भावनासहित उक्त घटनामा योजनाबुद्ध रुपमा लागि परेका थिए। त्यहाँका रक्षामन्त्री वि फेङ्हीले स्थिरताका लागि भन्दै लडाइँका लागि उक्साई रहेका थिए।’

‘भूउपग्रहमा देखिएका तस्बिरहरुमा चिनियाँ पक्षले गलवान उपत्यकामा ठूला संरचनाहरु खडा गरेका थिए, झडप हुनुभन्दा एक हप्ता अगाडि नै सम्भवत त्यहाँ हजार जनमुक्ति सेनाहरु पुगेका थिए’ प्रतिवेदनमा भनिएको छ।

झडप हुनुभन्दा दुईहप्ता अगाडि चीन र अमेरिकाबीचको विवादमा भारत मुछिए चीनले भारतलाई विनाशकारी झट्का दिने भनेर चीनको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्समा चेतावनीयुक्त लेख पनि प्रकाशित भएको थियो।

पुरै तयारीका साथ चिनियाँ सेनाले भारतीय सेनामाथि आक्रमण गरेको आरोप लगाइएको छ।

गत जुन २० को झडपयता भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा छ। दुवै देशबीच हालसम्म ७ पटकभन्दा बढी सीमा विवाद साम्य गर्ने छलफल चलिसकेको छ। यद्यपी सहमति जुट्न सेकेको छैन्।

अहिले जाडो याम सुरु भइसक्दा पनि दुवै देशका सेना उच्च हिमाली क्षेत्रमा अडिग रुपमा बसेका छन्। दुवै देशका सेनालाई सरकारले पुग्दो खाद्यान्न, गोली गठ्ठा लगायत आवश्यक सामग्री सीमा क्षेत्रमा पुर्याइदिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .