ad ad

राजनीति


चिनियाँ र कोरियाली कम्पनीले सैन्य क्षेत्र नजिक जमीन खरिद गरेपछि सशंकित बन्यो जापान

चिनियाँ र कोरियाली कम्पनीले सैन्य क्षेत्र नजिक जमीन खरिद गरेपछि सशंकित बन्यो जापान

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १०:२४,

एससीएमपीका अनुसार जापानले चिनियाँ र कोरियाली कम्पनीहरुलाई यतिबेला शंकाको दृष्टिले हेर्न थालेको छ र आफ्ना सैन्य क्षेत्रहरुमा जमीन खरिद विक्रिको कार्यलाई बन्देज लगाउने भएको छ।

जापानका सरकारी अधिकारीहरुले देशको सैन्य बेस नजिकैका ८० वटा प्लट गरिएको जमीन चिनियाँ अथवा दक्षिण कोरियाली कम्पनीलाई बेचिएको पत्ता लगाएका छन्।

अधिकारीहरुका अनुसार ७ वर्ष अगाडिदेखि नै जमीन खरिद विक्रिको यस कार्यलाई निगरानीमा राखिएको थियो। यद्यपी पछिल्लो समय यस कार्य तीव्र रुपमा बढेको छ।

चिनियाँ र कोरियाली कम्पनीले सैन्य क्षेत्र नजिक जमीन खरिद गर्नुमा कुनै ठोस उद्देश्य भएको शंका गरिएको छ।

हरेकपटक विदेशी कम्पनीले आफ्नो सैन्य क्षेत्र नजिक जमीन खरिद गरिएपछि जापानी अधिकारीहरुले यसलाई संयोग मानेका छैनन्।

यस विषयमा अनुसन्धान हुने बताइएको छ।

सन् २०१६ को अन्तिममा चिनियाँ निगमले जापानको ताकेतोमी टापुको २.४ हेक्टर जमीन खरिद गर्ने योजना बनाएको थियो। त्यहाँ अन्तिम समयमा गएर जापानी अधिकारीहरुले उक्त कार्य रोक्न सफल भएका थिए।

तर अन्य क्षेत्रमा त्यस्तो छैन। होकाइदाको जापानी एयर बेसभन्दा तीन किलोमिटर परमात्र चिनियाँ कम्पनीको स्वामित्वमा ८ हेक्टर जमीन छ।

सन् २०१३ मा दक्षिण कोरियाली कम्पनीले सुसिमा टापुको जापानी समुद्र सेल्फ–डिफेन्स फोर्स राडार राखिएको स्थान नजिकै जमीन खरिद गरेको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .