ad ad

राजनीति


पुस १८ भित्र संसद अधिवेशन आह्वान हुन्छ, संवैधानिक क्रमभंग गरेरै बोलाउनुपर्छ : सभामुख (भिडियो)

पुस १८ भित्र संसद अधिवेशन आह्वान हुन्छ, संवैधानिक क्रमभंग गरेरै बोलाउनुपर्छ : सभामुख (भिडियो)

नेपालखबर
मंसिर २८, २०७७ आइतबार १२:२७,

सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्।

आइतबार १४औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुस १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन्।

सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए।

‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं। अव पुस १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ। त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ,’ सापकोटाले भने, ‘म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ।’ 

कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए।

उनले परम्परागत रुपमा संसद चलाउन सम्भव नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गरेका थिए।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधै रोकेर बस्न नहुने बताएका थिए।

कोभिडको यो स्थिति कहिले सम्म रहन्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।

उनले अहिलेसम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताए।

कोभिडकै कारण संसद बैठक बिचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिन तिमिल्सिनाको आग्रह थियो।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुले कानून निर्माणमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाको चर्चा गरेकी थिइन्।

संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद सचिवालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने मन्त्री तुम्बाहाङफेको भनाइ थियो।

संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ। २०५८ देखि २०६३ को बीचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन।

भिडियोः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .