ad ad

राजनीति


प्रचण्ड फेरि बालुवाटारमा

प्रचण्ड फेरि बालुवाटारमा

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि बालुवाटार पुगेका छन्।

स्रोतका अनुसार प्रचण्ड केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन्।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि बालुवाटार पुगेर पनि ओलीलाई भेट्न नपाएपछि निवास फर्किएका प्रचण्ड अहिले पुनः बालुवाटार गएको स्रोतले बतायो।

आजै दिउँसो १ बजे बालुवाटारमा नेकपा स्थायी समिति बैठक डाकिएको थियो। प्रचण्ड स्थायी समिति बैठकका लागि गएका हुन् या प्रधानमन्त्री ओलीसँग छलफलका लागि गएका हुन भन्नेबारे केही खुलाइएको छैन।


प्रचण्डले बालुवाटार जानुअघि वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नाायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य जनार्दन शर्मा, मन्त्रीहरु वर्षमान पुन , शक्ति बस्नेत र केही कानुनविद्सँग छलफल गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .