ad ad

राजनीति


संसद विघटनबारे स्थायी समितिको बैठकपछि मात्रै निर्णय गर्ने तयारीमा राष्ट्रपति

संसद विघटनबारे स्थायी समितिको बैठकपछि मात्रै निर्णय गर्ने तयारीमा राष्ट्रपति

नेपालखबर
पुस ५, २०७७ आइतबार ७:३१,

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्न भनी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै निर्णय गर्ने भएकी छन्।

शितल निवास स्रोतका अनुसार आजको स्थायी कमिटी बैठक निकै महत्वपूर्ण भएको हुँदा त्यसको निर्णयपछि मात्र राष्ट्रपतिले संसदसम्बन्धी कदम चाल्ने तयारी छ।

‘स्थायी समितिले के निर्णय गर्छ त्यसमा चासो रहेको छ। राष्ट्रपति भण्डारीबाट त्यसपछि मात्र संसदबारे सूचना जारी हुने छ,’ राष्ट्रपति कार्यालय स्रोतले नेपालखबरसँग भन्यो।

राष्ट्रपतिले आजै बस्न लागेको स्थायी समितिको बैठक, त्यहाँ नेताहरुबाट आउने धारणाहरु र त्यसको निर्णय पर्खिरहेको स्रोतको भनाइ छ।

‘प्रधानमन्त्रीबाट सिफारिस आएको छ। आजै नेकपा स्थायी कमिटीको बैठकपनि रहेको छ। त्यो पनि निकै महत्वपूर्ण छ। त्यसले के निर्णय गर्छ। त्यसको पनि प्रतिक्षा छ,’ राष्ट्रपति शितल निवास स्रोतले भन्यो, ‘राष्ट्रपतिज्युबाट त्यसपछि मात्रै सिफारिसको विषयमा केही हुन्छ।’

स्थायी कमिटीको बैठक अपरान्ह एक बजेका लागि बालुवाटारमा बोलाइएको छ। अहिले नेकपाका नेताहरु आपसी परामर्शमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .