ad ad

राजनीति


वामदेव भेट्न भैँसेपाटी पुगे गृहमन्त्री थापा

वामदेव भेट्न भैँसेपाटी पुगे गृहमन्त्री थापा

नेपालखबर
पुस ७, २०७७ मंगलबार ९:२५,

नेकपाका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापाबीच पार्टीको पछिल्लो परिस्थितिपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ।

गौतम निवास भैँसेपाटीमा दुई नेताबीच छलफल भइरहेको हो।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको छुट्टाछुट्टै भेलामा कतै पनि सहभागी नभएका दुबै नेता आपसी छलफलमा जुटेका हुन्।

उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कुनैपनि गुटमा सहभागी नहुने बताएका थिए भने गृहमन्त्री थापाले मंगलबार विहान कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए। थापाले हिजो सोमबार बेलुका प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरी लामो कुराकानी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .