ad ad

राजनीति


ऊर्जामा रायमाझीसहित प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहका यी नेतालाई बनाउँदै छन् मन्त्री

ऊर्जामा रायमाझीसहित प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहका यी नेतालाई बनाउँदै छन् मन्त्री

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १२:२६,

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी समूहका पाँच नेतालाई मन्त्री बनाउन लागेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा टोपबहादुर रायमाझीसहित पूर्व माओवादीका प्रभु साह, मणि थापा, हरिशंकर चौधरी र दावा लामालाई ओलीले मन्त्री बनाउन लागेका हुन्।

नेता टोपबहादुर रायमाझी आफूहरुले केहीबेरमा मन्त्रीको शपथ लिने तयारी भइरहेको बताए।

‘पूर्व माओवादीबाट हामी पाँच जना मन्त्री बन्दैछौँ’, मेरो मन्त्रालय टुंगिएको छ’, रायमाझीले नेपालखबरसँग भने, ‘अरु साथीहरुको मन्त्रालय अहिले घोषणा हुन्छ।’

संसद विघटन र नेकपामा आएको फूटमा आफूलाई साथ दिने पूर्वमाओवादी समूहका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्रिमण्डलमा लैजान लागेका हुन्।

यसअघि मन्त्रिपरिषदमा पूर्व माओवादीका तर्फबाट रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्री छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए।

प्रधानमन्त्रीले आज रिक्त ऊर्जा, कृषि, पर्यटन, शिक्षा, श्रम, खानेपानी, वन मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्।

याे पनि  : मन्त्रिपरिषद बिस्तार गर्दै प्रधानमन्त्री ओली, साँझ ७ बजे शपथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .