ad ad

राजनीति


प्रदेश सभा विघटनको सम्भावना छैन : मन्त्री थापा

प्रदेश सभा विघटनको सम्भावना छैन : मन्त्री थापा

नेपालखबर
पुस २१, २०७७ मंगलबार ७:३८,

खानेपानी मन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए।

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गरे। ‘कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली संकटमा प¥यो भने चुनावमै जाने हो’, उनले भए, ‘त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो।’

नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर संकटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको संकट समाधान हुने सम्भावना कायमै रहेको धारणा राखे।

नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका मन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता/कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए।

प्रदेश सरकार फेरबदल बारेमा कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, ‘अहिले प्रदेशसभा वा प्रदेश सरकार भंग गर्ने कुनै सम्भावना छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .