ad ad

राजनीति


अमेरिकी संसद भवनभित्रै छिरेर ट्रम्प समर्थकले गरे हमला, एक महिलाको मृत्यु

अमेरिकी संसद भवनभित्रै छिरेर ट्रम्प समर्थकले गरे हमला, एक महिलाको मृत्यु

नेपालखबर
पुस २३, २०७७ बिहिबार २:४३,

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउन गरेको प्रयासले अमेरिकामा हिंसा मच्चिएको छ।

ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि एउटा भीड संसद् भवनभित्रै छिरेर आक्रमण गरेकाे हाे।

uscapitol

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली लागेर एक महिलाको मृत्यु भएको छ। प्रहरीले १३ जनालाई पक्राउ गरेको छ भने ५ वटा बन्दुकसमेत बरामद गरेको बीबीसीले जनाएकाे छ। 

 वासिङटनस्थित क्यापिटल बिल्डिङ (संसद् भवन) भित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेज भाेटबारे बहस चलिरहेकै बेला अचानक ट्रम्पका समर्थक प्रवेश गरेर हुलदंगा गरेका हुन्। 

हतियारसहित छिरेका उनीहरुले निर्वाचनकाे मत परिणाम रद्द गर्न माग गर्दै झण्डै ३ घण्टा संसद् भवनमा तोडफोड गरेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि वासिङटनमा कर्फ्यु लगाइएकाे छ। अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीले बताएका छन्।

ट्रम्पले चुनाव हारिसकेको भए पनि धाँधलीको आरोप लगाउँदै जो बाइडेनको जित अस्वीकार गरिरहेका छन्। नतिजा उल्टाउन उनले अदालतदेखि आक्रमणसम्मका हर्कत अपनाइरहेका हुन्।

सन् १८१४ पछि संसद् भवनमा भएको यो अहिलेसम्मकै घातक आक्रमण रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यसअघि बेलायती सैनिकले भवन जलाएका थिए।  अहिले ट्रम्पको व्यापक आलोचना भइरहेको छ। एजेन्सी

याे पनिट्रम्पको फेसबुक अकाउन्ट पनि २४ घण्टाका लागि बन्द

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .