ad ad

राजनीति


सीमा मिच्न खोजेपछि नेपाली पक्षले हटायो भारतीय सुरक्षाकर्मीले राखेका अस्थायी पोस्ट

सीमा मिच्न खोजेपछि नेपाली पक्षले हटायो भारतीय सुरक्षाकर्मीले राखेका अस्थायी पोस्ट

गोकुल जोशी
पुस २३, २०७७ बिहिबार ३:४२,

कञ्चनपुरको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एकलौटी रूपमा स्थापना गरेको अस्थायी पोस्ट स्थानीय प्रशासनले हटाएको छ।

जिल्लाको बेलौरी नगरपालिका-१० भुडास्थित नेपाल-भारत पिल्लर नम्बर ३४ देखि ३५ सम्म एसएसबीले राखेका अस्थायी पोस्ट हटाउन लगाइएकाे हाे। 

भारतीय पक्षले सीमा रेखानजिक अस्थायी पोस्ट स्थापना गरेको थाहा पाएपछि हटाउन लगाइएको बेलौरी नगरपालिका-१० का वडाध्यक्ष हरिलाल चौधरीले जानकारी दिए।

‘दुई/तिन दिनअगाडि पोस्ट राखेको रहेछ। हामीले थाहा पाएपछि हटाउन लगाएका छौं,’ उनले भने, ‘यो विवादित ठाउँ हो। नेपाल सरकारले लालपुर्जा दिएको छ। तर भारतीयले उपभोग गर्ने गरेका छन्।’

भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्न खोजेको स्थानीय हरिश पन्तले बताए। उनले भने, ‘तस्करी रोक्ने बहानामा भारतले पोस्ट राखेर नेपाली भूमि अतिक्रमण गर्न खोजेको थियो। हामीले भारतीय एसएसबीको त्यो कदमको विरोध गरेर पोस्ट हटाएका छौं।’

पोस्ट हटाउन गएको नेपाली टोलीसँग भारतीय एसएसबीले भारतबाट नेपालमा हुने तस्करी रोक्ने पोस्ट राखेको दाबी गरेका थिए। विवादित क्षेत्रमा अस्थायी पोस्ट राखिएको पाएपछि हटाउन लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बताए।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुर र स्थानीयको संयुक्त टोलीले भारतीय एसएसबीलाई अस्थायी पोस्ट हटाउन लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .