नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ।
नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन् । नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिँडेको भन्दै उल्टो हिँडेर सांकेतिक रुपमा विरोध गरेका हुन।
प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमिल्सिना, युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो।
3
Shares
प्रतिक्रिया