ad ad

राजनीति


पूर्व प्रधानन्यायाधीश, नागरिक समाज र बुद्धिजीवीले आफ्नो हैसियतको दुरुपयोग गरे : प्रधानमन्त्री

पूर्व प्रधानन्यायाधीश, नागरिक समाज र बुद्धिजीवीले आफ्नो हैसियतको दुरुपयोग गरे : प्रधानमन्त्री

नेपालखबर
पुस २६, २०७७ आइतबार ८:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले आफ्नो हैसियतको दुरुपयोग गरेर अदालतलाई प्रभावित पार्ने काम गरेको आरोप लगाएका छन्।

उनले पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले राजनीतिक पक्षधरताका आधारमा अदालतदलाई दबाब दिने काम गरेको आरोप लगाएका हुन्।

‘स्वतन्त्र देखिने, नागरिक समाज भनिने, वुद्धिजीवी भनिने अनि पक्षधरताका साथ आफ्नो हैसियतको दुरुपयोग गरेर न्यायलयलाई दबाबमा पार्न खोज्ने?’, उनले भने, ‘म भन्न चाहन्छु न्यायलयले दबाबमा पर्नुहुँदैन।’

उनले केही पूर्व प्रधानन्यायाधीशहरु सडकमा ओर्लेर न्यायालय ललकारी रहेको आरोप लगाए। उनले पहिले जागिर खाएका न्यायाधीशहरुले अहिले पनि आफू नै न्यायाधीश हुँ कि झै गरेर सडकबाट फैसला गरेको बताए।

‘केही वर्ष न्यायालयमा जागिर खानेवित्तिकै अहिले पनि आफैँ न्यायालयमा छु झै गरेर केही पूर्व न्यायमूर्तिहरु, कस्तो न्याय दिनुभएछ उहाँहरुले आफ्नो कार्यकालमा भनेर मलाई अचम्म लाग्छ’, सडकमा ओर्लिएर स्वतन्त्र न्यायालयलाई उहाँहरु ललकारी रहनुभएको छ। यस्तो हुन्छ यस्तो हुँदैन, के सर्वोच्च अदालतमा वकालत नपढिकन, विना अनुभव पुग्नु भएको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .