ad ad

राजनीति


ओलीलाई पार्टीबाट निकाल्ने प्रचण्ड–नेपाल समूहको तयारी, सोध्यो स्पष्टीकरण

ओलीलाई  पार्टीबाट निकाल्ने प्रचण्ड–नेपाल समूहको तयारी, सोध्यो स्पष्टीकरण

नेपालखबर
माघ २, २०७७ शुक्रबार ११:५६,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीबाट निष्काशत गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य बेदुराम भुसालले बताए।

‘पार्टी विरोधी गतिविधिमा संलग्न भएका प्रधानमन्त्री ओलीलाई किन पार्टी सदस्यबाट निष्काशित नगर्ने भनेर स्पष्टीकरण सोध्न लागेको हौँ’ भुसालले नेपालखबरसँग भने।

प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रचण्ड नेपाल समूहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो।

त्यस्तै आजको बैठकले विष्णु पौडेललार्य महासचिवबाट हटाउने निर्णय गरेको छ भने अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .