ad ad

राजनीति


ओलीलाई घुँडा टेकाएर मात्रै सडकबाट फर्कन्छौँ : खनाल

ओलीलाई घुँडा टेकाएर मात्रै सडकबाट फर्कन्छौँ : खनाल

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ९:३५,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएर मात्रै सडकबाट फर्कने बताएका छन्।

 प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शनपछि आयोजित सभालाइृ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले प्रधानमन्त्री ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका हुन्।

‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं।’

 

नेता खनालले आधिकारिक नेकपा आफूहरु भएको दावी गरे। उनले कुन नेकपा आधिकारिक हो भन्ने कुरा सडकमा हेर्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए।

‘कुन पार्टी आधिकारिक हो? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .