ad ad

राजनीति


ओलीको स्वागत गर्न नमानेका मुख्यमन्त्री भट्टले गरे प्रचण्ड–नेपाललाई भव्य स्वागत

ओलीको स्वागत गर्न नमानेका मुख्यमन्त्री भट्टले गरे प्रचण्ड–नेपाललाई भव्य स्वागत

गोकुल जोशी
माघ १७, २०७७ शनिबार ४:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा नगएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भने स्वागत गरेका छन्।

‘गुटको भेला’मा आएको भन्दै प्रधानमन्त्री ओलीको स्वागत गर्न अस्वीकार गरेका मुख्यमन्त्री भट्टले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालको स्वागतमा भने खटिएका हुन्।

गत पुस २४ गते सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जनसभा सम्बोधन गर्न ओली आएका थिए। तर मुख्यमन्त्री भट्टले स्वागत नगरेपछि उनको चर्को आलोचना भएको थियो।

तर अहिले एउटा गुटकै कार्यक्रमका लागि आएका प्रचण्ड र नेपाललको स्वागतका लागि मुख्यमन्त्री भट्ट धनगढी एयरपोर्ट पुगेपछि फेरि उनको आलोचना भएको छ।

नेकपा प्रचण्ड–नेपाल पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधि सभा विघटनविरुद्ध आज धनगढीमा विरोध सभा आयोजना गरेको छ। त्यसमा सम्बोधन गर्न नेकपाका एक जना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लिन मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू धनगढी एयरपोर्ट पुगेका हुन्।

अर्का अध्यक्ष प्रचण्ड पनि धनगढी पुग्दै छन्। उनको स्वागतका लागि मुख्यमन्त्री भट्टसहितको समूह फेरि धनगढी एयरपोर्ट पुगेको प्रचण्ड–नेपाल समूहका एक नेताले जानकारी दिए।

‘अध्यक्ष माधव कमरेड हिजो नै पुग्नुभएको छ। प्रचण्ड अहिले आउँदै हुनुहुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँको स्वागतका लागि मुख्यमन्त्रीज्यूसहित हाम्रो टिम एयरपोर्टमा छ।’

याे पनि : धनगढीमा आज प्रचण्ड-नेपाल समूहको विरोधसभा, ५० हजार नागरिक सडकमा उतार्ने तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .