ad ad

राजनीति


दिल्लीमा भएको हिंसामा ‘हराए ४ सय किसान’ !

दिल्लीमा भएको हिंसामा ‘हराए ४ सय किसान’ !

नेपालखबर
माघ १८, २०७७ आइतबार ६:३२,

भारतमा जारी किसान आन्दोलनका क्रममा चार सय किसान ‘बेपत्ता’ भएका छन्।

यही जनवरी २६ तारिख लालकिल्ला तथा दिल्लीका विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच भएका झडपमा ४ सयभन्दा बढी किसान सम्पर्कविहीन भएको किसान र धार्मिक संगठनले दाबी गरेका हुन्।

यसमा उनीहरूले दिल्ली प्रहरीलाई दोष लगाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबसँग सम्बन्धित किसान र धार्मिक संगठनले दिल्ली हिंसामा ४ सयभन्दा बढी युवा एवं वृद्ध किसान बेपत्ता भएको दाबी गरेका हुन्।

अमृतसरस्थित खालडा मिसनको आरोप छ- सम्पर्कविहीन सबै व्यक्ति प्रहरीको अवैध हिरासतमा छन्।

मिसनले यस मामिलामा साेमबार उच्च अदालतको ढोका ढकढक्याउने चेतावनी दिएको छ।

पन्जाबस्थित मानव अधिकार संगठनका अनुसन्धान अधिकारी सरबजित सिंह वेरले दिल्ली प्रहरीप्रति प्रश्न उठाएका छन्।

उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई बिनामुद्दा धेरै समय हिरासतमा राख्न पाइँदैन। यसैले पक्राउ परेका मानिसबारे प्रहरीले जानकारी दिनुपर्छ।’

यसविरुद्ध उनले उच्च अदालत जाने चेतावनी दिएका छन्।

भारत सरकारले ल्याएका कृषिसम्बन्धी कानुन खारेजीकाे माग गर्दै त्यहाँका किसान धेरै दिनदेखि आन्दाेलित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .