ad ad

राजनीति


बन्दको अवज्ञा गरेको भन्दै रत्नपार्कमा स्कुटी तोडफोड गर्न खोजिएपछि‍‍‍... (फोटोस्टोरी)

बन्दको अवज्ञा गरेको भन्दै रत्नपार्कमा स्कुटी तोडफोड गर्न खोजिएपछि‍‍‍... (फोटोस्टोरी)

प्रविन कोइराला
माघ २२, २०७७ बिहिबार ५:३९,

प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादका बीच बुधबार संवैधानिक आयोगमा ‘जबर्जस्ती’ नियुक्ति गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आज बिहीबार देशव्यापी आमहड्ताल गरेको हो।

यस क्रममा काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि प्रहरी र नेकपा कार्यकर्ताबीच तनाव भइरहेको छ।

हड्ताल सफल बनाउन नेकपा कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्।

गृहमन्त्री रामबहादुर थापाले आमहड्ता उल्लंघन गर्न हिजै प्रहरीलाई निर्देशन दिइसकेका छन्।

हड्ताल सफल बनाउन हिँडेका नेकपाका दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन्।

आफूले आयोजना गरेको बन्दका क्रममा सवारी सञ्चालन गरेको भन्दै केही स्थानमा बन्दकर्ताले ट्रक तथा ट्याक्सीमा तोडफोड गरेका खबरहरु पनि प्राप्त भएका छन्।

यसबीचमा काठमाडौंको रत्नपार्कमा एउटा स्कुटीलाई बन्दकर्ताले तोडफोड गर्न खोजेका छन्।

बिहान पौने ११ बजेको समयमा एक सर्वसाधारणको स्कुटीमाथि तोडफोड गर्न खोजिएको थियो।

तर प्रहरीले बन्दकर्तालाई उक्त स्कुटी तोडफोड गर्न दिएनन्। हेर्नुहोस् प्रविन कोइरालाको फोटोस्टोरीः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .