ad ad

राजनीति


धनगढीमा आमहड्तालको विरोधमा ओली समूहको प्रदर्शन, दुई पक्षका कार्यकर्ताबीच विवाद

धनगढीमा आमहड्तालको विरोधमा ओली समूहको प्रदर्शन, दुई पक्षका कार्यकर्ताबीच विवाद

गोकुल जोशी
माघ २२, २०७७ बिहिबार ९:५८,

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आयोजना गरेको हड्तालको विरोधमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केपी ओली समूहले प्रदर्शन गरेको छ।

सो प्रदर्शनका क्रममा दुई पक्षका कार्यकर्ताबीच विवाद भएको छ।

धनगढीको चौराहमा ओली र  प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच आमनेसामने हुँदा स्थिति तनावग्रस्त भएको हो।

बन्दको अवेज्ञा गर्दै सवारी चलाएको भन्दै ओली पक्षीय स्थानीय नेता कुमार बडालाको गाडीको चाबी प्रचण्ड–नेपाल पक्षले नियन्त्रणमा लिएका थिए। सोही विषयमा दुवै समूहबीच विवाद भएको हो।

कैलालीमा कुनै अप्रिय घटना नभएकोेले अहिलेसम्म बन्द शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए।

‘बिहान जिल्ला भित्रिने गाडी स्र्कटिङ गरेर ल्याएका थियौँ। अहिले गाडी जिल्ला बाहिर गएका छैनन्। अहिलेसम्म कुनै पनि ठाउँमा अप्रिय घटना भएको जानकारीमा आएको छैन।’ डीएसपी विष्टले भने, ‘एक पटक अर्को समूहले नारा लगाएर आएको थियो। अल्ली समय त्यहाँ सामान्य विवाद भयो। सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ भएकाले कुनै अप्रिय घटना भएका छैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .