ad ad

राजनीति


ओली पक्षको आमसभाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

ओली पक्षको आमसभाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ५:५६,

नेकपा केपी ओलीको समूहले काठमाडौको दरबारमार्गमा गर्नलागेको आमसभाले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

कार्यक्रमको लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको जानकारी दिएको छ।

दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरीएको छ ट्राफिक प्रहरी महाशाखाका एसपी श्याम कृष्ण अधिकारीले बताएका छन्।

oli aamsabha 0

उनका अनुसार भाडाका ठूला सवारीसाधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ।

ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कृणपाउरोटी, जयनेपाल, लैनचौर र सोह्रखुट्टे हुदै चल्ने सवारी साधन वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेका छन्।

‘१२ बजे जुलुस हुँदै छ त्यो बेलासम्म चक्रपथ भित्र ठुला गाडी आउन पाउँदैनन्,’ अधिकारीले भने ‘सभा शुरु भएपछि दरबारमार्ग आसपारको क्षेत्रबाहेकमा गाडी चल्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .