ad ad

राजनीति


आमसभामा ओलीको भाषणलाई लिएर भीम रावलको प्रतिक्रिया : चटकेको पछि नलाग्नू

आमसभामा ओलीको भाषणलाई लिएर भीम रावलको प्रतिक्रिया : चटकेको पछि नलाग्नू

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:४९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभामा गरेको भाषणमाथि प्रतिक्रिया कडा दिएका छन्।

उनले प्रधानमन्त्री ओलीले आफ्नो भनाइको आफैँले खण्डन गरेको बताए।

उनले एकातिर प्रधानमन्त्री ओलीले हरेकका लागि विकास गरेको दावी गरेको र अर्कातर्फ काम गर्न नदिएको भनेर प्रतिनिधि सभा विघटन गरेको भनेर आफ्नै कुराको खण्डन गरेको बताए।

‘प्रम केपी ओलीले एकातर्फ आफुले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधि सभा विघटन गरेको कुरा गरेर आफ्नो भनाइको आफै खण्डन गर्नुभयो’, शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्, ‘ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा–चटकेको पछि नलाग्नु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .