ad ad

राजनीति


प्रदेश २ मा निजामती कर्मचारी भर्ना गर्न बाटो खुल्यो

प्रदेश २ मा निजामती कर्मचारी भर्ना गर्न बाटो खुल्यो

शैलेन्द्र महतो
माघ २८, २०७७ बुधबार १४:८,

प्रदेश २ सरकारको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ।

प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भएको उक्त विधेयक प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले बुधबार प्रमाणीकरण गरेका हुन्। यो विधेयक प्रमाणीकरण भएपछि प्रदेश २ सरकारलाई निजामती कर्मचारी भर्ना गर्न बाटो खुलेको छ।

उक्त विधेयक गत माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको थियो।

सो विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उनका स्वकीय सचिव पदम विश्वकर्माले जानकारी दिए।

उनका अनुसार यी विधेयकसँगै प्रदेश प्रमुख परियारबाट प्रमाणीकरण भएको विधेयकको संख्या १७ पुगेको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण गरिएका हालसम्मको विधेयकको संख्या जम्मा ३९ पुगेको छ।

लामो समयदेखि पेन्डिंगमा रहेको उक्त विधेयक प्रमाणीकरण भएपछि प्रदेश सरकारले यसलाई ठूलो सफलताको रुपमा लिएको छ।

प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले यो विधेयक प्रमाणीकरण हुनुलाई एतिहासिक सफलता हासिल भएको भन्दै अब यो विधेयकले प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाइ विकासको दिशामा अघि बढ्न बाटो खुलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .