ad ad

राजनीति


रामकुमारीलाई रिहा गरिँदै, घरमै पुर्‍याएर छाड्ने प्रहरीको तयारी

रामकुमारीलाई रिहा गरिँदै, घरमै पुर्‍याएर छाड्ने प्रहरीको तयारी

नेपालखबर
माघ २९, २०७७ बिहिबार १२:२७,

प्रहरीले आज बिहीबार गिरफ्तार गरिएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारी गरेको छ।

प्रहरीले उनलाई आजै छाड्न तयार भए पनि कुनै एकजनाले त्यससम्बन्धमा जिम्मेवारी लिनुपर्ने भनेपछि प्रहरी कार्यालयमा उपस्थित नेकपा नेताहरु त्यसो गर्नु आवश्यक नरहेको बताएका छन्। त्यसैले दुई पक्षबीच छलफल लम्बिएको छ।

झाँक्रीलाई आजै शंखमुलस्थित उनको निवासबाट गिरफ्तार गरी अपराध महाशाखा बानेश्वरमा राखिएको छ।

यो पनि: गणतन्त्रमा यसरी गिरफ्तार भइन् जनआन्दोलनकी ‘पोस्टर गर्ल’

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेतृ झाँक्रीलाई केही समयपछि रिहा गर्नका लागि प्रहरीले तयार गरेको बताए।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेर बाहिरिएका पाण्डेले झाँक्रीलाई छाड्न प्रहरी तयार भएको बताए।

‘कागज गरेर छाड्ने कुरा गर्दै थिए। हामीले हुँदैन भन्यौं। उहाँ सांसद पनि हो। जिम्मा लिएर छाड्नुपर्ने विषय यो होइन,’ पाण्डेले भने, ‘केपी ओली पक्राउ पर्नुभयो भने तपाईंहरुले के गरी छाड्नुहुन्छ भनेर हामीले सोध्यौँ।’

पाण्डेका अनुसार त्यसपछि प्रहरीले उनलाई घरमै लगेर छाड्ने तयारी गरेको थियो।

उनलाई त्यहाँ लगिएपछि उनलाई भेट्न नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई लगायत नेताहरु त्यहाँ पुगेका थिए।

यो पनि:

रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्‍यो प्रहरी

- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .