ad ad

राजनीति


दुई देशबीच बौद्ध पर्यटनको विकास गर्न थाई राजदूतसँग प्रधानमन्त्री ओलीको आग्रह

दुई देशबीच बौद्ध पर्यटनको विकास गर्न थाई राजदूतसँग प्रधानमन्त्री ओलीको आग्रह

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ११:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरे। उनले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राखेका थिए।

साथै प्रधानमन्त्री ओलीले दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यि दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गरे। यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्र्ने धारणासमेत उनले राखे।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जा्ेड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .