म्यानमारमा सैनिक सरकारविरुद्ध नागरिकले रातभर गस्ती गर्न थालेका छन्।
सैनिक सरकारले जेलबाट रिहा भएका व्यक्तिमार्फत् नागरिकविरुद्ध सुराकी गर्ने र तनाव दिन थालेपछि नागरिकले रात्रिगस्तीे सुरु गरेका नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले जनाएको छ।
सेनाले नेतृ आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि सैनिक सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ। सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउँमा पसी प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको छ। यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन दिएको छ।
म्यानमारका नागरिक रातको समयमा नेता तथा कार्यकर्तालाई गिरफ्तार हुनबाट जोगाउन समूह बनाएर गस्ती गरिरहेका छन्।
‘हामी अवश्य पनि डराएका छौं किनकि उनीहरू सशस्त्र छन्। तर हामीले हरेक रात निगरानी गरिरहेका छौँ,’ याङ्गोनका सडकमा गस्तीमा खटिएका युवा म्यो को कोले भने, ‘हामी कसैलाई पनि विनाकारण पक्राउ गर्न दिनेछैनौँ।’ एजेन्सी
Shares
प्रतिक्रिया