ad ad

राजनीति


देश र जनताप्रति यत्रो विश्वासघात कसैले फेरि नगरोस् : डा. भट्टराई

देश र जनताप्रति यत्रो विश्वासघात कसैले फेरि नगरोस् : डा. भट्टराई

नेपालखबर
फागुन ४, २०७७ मंगलबार २:२०,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देश र जनतालाई धोका दिएको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी ओली शर्माको नेतृत्वमा सरकार गठन भएको ३ वर्ष पूरा भएको सन्दर्भमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले यो अवधि ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गरेका हुन्। 

सरकारले हिजो सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको थियो।

‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्, ‘दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो !’

उनले अगाडि भनेका छन्, ‘देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस् !’

याे पनि :  ओलीले प्रस्तुत गरे तीन वर्षमा गरेका कामको यस्तो फेहरिस्त (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .