ad ad

राजनीति


आफन्तले बुझे भागरथीको शव, आजै दाहसंस्कार गरिने

आफन्तले बुझे भागरथीको शव, आजै दाहसंस्कार गरिने

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ७:३४,

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी भागरथी भट्टको शव आफन्तहरुले बुझेका छन्।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी युवती त्यसको भोलिपल्ट घर नजिकैको लबलेक सामुदायी वनमा मृत्य अवस्थामा भेटिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय बैतडीले घटनामा संलग्न सोही स्थानका १६ वर्षीय दिनेश भट्टलाई मंगलबार राति पक्राउ गरी बुधबार सार्वजनिक गरे पनि आफन्तहरुले दिनेशले घटना घटाएको भन्नेमा आफूहरु विश्वस्त नरहेको भन्दै शव बुझ्न अस्वीकार गर्दै आएका थिए।

प्रहरीले दिनेशविरुद्ध प्रयाप्त प्रमाण संकलन गरिसकेको र उनलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यले हत्या भएको १७ दिनपछि भागरथीको शव बुझेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख (डीएसपी) नारायण अधिकारीले शुक्रबार मध्यान्न  आफन्तहरुले शव बुझेको बताए। उनले परिवारले आजै भागरथीको अन्त्यष्टि गर्ने तयारी गरिरहेको जानकारी दिए।

‘साढे १२ बजेतिर आफन्तहरुले शव बुझ्नु भएको छ’, डीएसपी अधिकारीले नेपालखबरसँग भने, ‘आजै दाहसंस्कार गर्नेगरी तयारी गर्नुभएको छ।’

उनले सुरुमा अभियुक्त दिनेशलाई लिएर भागरथीको परिवारमा केही आशंका उब्जिए पनि अनुसन्धानबाट उनले नै हत्या गरेको पुष्टि भएपछि परिवार पनि सहमत भएको बताए।

‘अभियुक्त आफैले बुबाको उपस्थितिमा समेत हत्या गरेको स्वीकार गरिसकेका छन्, यसबारे भागरथीको परिवारमा केही आशंका रहे पनि अहिले हल भएको छ’, डीएसपी अधिकारीले भने, ‘उहाँहरु अहिले दिनेहले नै हत्या गरेको हो भन्नेमा स्पष्ट हुनुभएको छ।’

भागरथीका काका शिवराज भट्टले उनको आजै दोगडाकेदार गाउँपालिका–६ स्थित सेराघाटमा अन्त्येष्टि गरिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .