ad ad

राजनीति


सेनाप्रमुख र प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र गर्नखोज्ने सैनिक जनरल र २ न्यायाधीश भुटान प्रहरीको नियन्त्रणमा

सेनाप्रमुख र प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र गर्नखोज्ने सैनिक जनरल र २ न्यायाधीश भुटान प्रहरीको नियन्त्रणमा

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार ८:१५,

भुटानको प्रहरीले सेनाका प्रमुख र प्रधानन्यायाधीशलाई अपदस्थ गर्न षड्यन्त्र गरेको भन्दै एक सैनिक जनरल र दुई जना न्यायाधीशलाई हिरासतमा लिएको छ।

पूर्व रोयल बडीगार्ड कमान्डेन्ट ब्रिग्रेडियर थिन्ले तोब्गा, सर्वोच्च अदालतमा न्यायधीश कुइन्ले छिरिङ तथा जिल्ला न्यायाधीश येशे दोर्जीलाई बुधबार अदालतमा पेश गरिएको छ।

उनीहरुलाई घरमै नजरबन्द गरिएको थियो।

तीनै जनामाथि सेना प्रमुख बातू छिरिङलाई भ्रष्टाचारमा मुछेर अपदस्थ गर्न खोजेको आरोप लगाइएको छ।

तीनै जनालाई थिम्पु जिल्ला अदालतल धरौटीमा छाड्न अस्वीकार गरेको र उनीहरु फेब्रुअरी २७ मा ‍औपचारिक अभियोग सुरु नहुन्जेल हिरासतमा राखिनेछ।

समाचारहरुअनुसार पक्राउ परेकामध्ये बिग्रेडियर तोब्गाले राष्ट्रसंघबाट मोटर खरिदसम्बन्धी सैनिक दस्तावेज गैरकानुनी रुपमा राखेको अभियोग लगाइएको छ।

भुटानी समाचार पत्रका अनुसार खरिद प्रक्रियामा सार्वजनिक तथा निष्पक्ष रुपमा भए पनि सेना प्रमुखको अवमूल्यन गर्न दस्तावेज जम्मा गरेको जनाइएको छ।

केही महिनाअघि पक्राउ परेकी एक महिलाको माध्यमबाट सरकारी अधिकारीहरुले यो षड्यन्त्रको बारेमा थाहा पाएको समाचारहरुमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .