ad ad

राजनीति


प्रधानसेनापति थापा सर्वोच्च अदालतमा, प्रधानन्यायाधीशसँग भेट

प्रधानसेनापति थापा सर्वोच्च अदालतमा, प्रधानन्यायाधीशसँग भेट

उजिर कार्की
फागुन १०, २०७७ सोमबार ९:१,

प्रधानसेनापति पूर्णचन्द्र थापा आज सोमबार अपरान्ह आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका छन्।

सोमबार अपरान्ह १ बजेर १० मिनेट जाँदा सर्वोच्च अदालत प्रवेश गरेका प्रधानसेनापति थापा एक घण्टा बिताएर फर्केका छन्।

विशेष उच्च सुरक्षा स्रोतका अनुसार अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग एक घण्टा छलफल गरेर थापा फर्केका हुन्।

‘उहाँ अदालतमा एक घण्टा बिताएर फर्कनु भएको हो, अदालतमा प्रधानन्यायाधीशसँग भेटवार्ता भएपनि के कुराकानी भयो भन्ने स्पष्ट खुलेको छैन,’ स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ भएर फैसला हुने चरणमा छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनमै फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन्।

तर सर्वोच्च अदालत स्रोतले भने प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच भएको भेट जग्गाको विषयसँग सम्बन्धित रहेको जनाएको छ।

‘सर्वोच्च अदालतको नयाँ भवन सेनाको जग्गामा निर्माण हुँदैछ, सो जग्गा प्राप्ती र हस्तान्तरण सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले नै प्रधानसेनापतिलाई बोलाउनु भएको हो’, अदालत स्रोतले भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .