महान्याधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेपछि खरेलले राजीनामा दिएको स्रोतले बताएको छ।
खरेलले आइतबार प्रधानमन्त्री ओली समक्ष राजीनामा दिएको भए पनि स्वीकृत हुन बाँकी रहेको बताइएको छ।
खरेलले यसअघि आफूनिकटसँग चुनाव हुन लागेको र आफू पनि चुनाव लड्नका लागि राजीनामा दिएको बताएका थिए।
राजीनामा सर्वोच्च अदालतको फैसलापछि सार्वजनिक गर्ने भनिएको भए पनि त्यसअघि नै सार्वजनिक भएपछि अहिले महान्यायाधिवक्ता खरेल र प्रधानमन्त्री कार्यालय दुवै यसको बचाऊमा लागेका छन्।
तर मंगलबार भने खरेलले आफूले राजीनामा नदिएको प्रतिक्रिया दिए।
‘मैले राजीनामा दिएको छैन, दिनुपर्ने कारण र परिस्थिति दुवै छैन’, नेपालखबरसँग महान्यायाधिवक्ता खरेलले भने, ‘राजीनामा दियो भन्ने समाचारमा कुनै सत्यता छैन।’
यता प्रधानमन्त्रीको सचिवालय पनि खरेलले राजीनामा नदिएको बताएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजीनामाको विषय हल्लामात्रै भएको बताए।
‘यो हल्लामात्रै हो, राजीनामाको कुरामा कुनै सत्यता छैन’, नेपालखबरसँग थापाले भने।
Shares
प्रतिक्रिया