ad ad

राजनीति


तथ्य र प्रमाण भेटिए भ्रष्टाचारी जो भए पनि कारबाही गर्छु : प्रमुख आयुक्त राई

तथ्य र प्रमाण भेटिए भ्रष्टाचारी जो भए पनि कारबाही गर्छु : प्रमुख आयुक्त राई

नेपालखबर
फागुन १५, २०७७ शनिबार ९:१०,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने बताएका हुन्।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढंगले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

‘नागरिकहरुले जुन अपेक्षा गर्नुभएको छ र मिडियाले जुन विषयवस्तु उठाईराख्नु भएको छ त्यो विषयमा मैले संविधानले दिएको दायराभित्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि, प्रक्रिया र कानूनसम्मत तरिकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने र जनताको अपेक्षा अनुसारको भ्रष्टाचार नियन्त्रण गरेर देखाउने मेरो प्रण रहने पनि यहाँ व्यक्त गर्न चाहन्छु’, प्रमुख आयुक्त राईले भने।

prem kumar rai 20210227084232

उनले तथ्य र प्रमाणको आधारमा भ्रष्टाचारी जो भए पनि कारबाही गर्न पछि नहट्ने प्रतिवद्धता समेत व्यक्त गरे। यस्तै निर्दोश व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि आफूले कारबाही गर्ने उनको भनाइ थियो।

‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन तर निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहने छैन’, उनले भने, ‘विनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर मैले कुनै पनि भ्रष्टाचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउछु।’

उनले जनताले दिएको सम्मानलाई जोगाएर राख्ने आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने आफ्नो प्रयास रहने प्रतिवद्धता व्यक्त गरे।

 उनले विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्टाचार नियन्त्रणको काम कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .