ad ad

राजनीति


नयाँ सरकार र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वाश प्रस्तावबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ सरकार र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वाश प्रस्तावबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार २:४,

अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा छलफल गर्न आज (शुक्रबार) नेपाली कांग्रेस, संसदीय दलको बैठक बस्दै छ।

यसअघि हिजो साँझ सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस विषयमा छलफल गरे पनि कुनै निष्कर्ष दिन सकेन।

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा (फागुन २३ गते) कसरी प्रस्तुत हने भन्ने विषयमा धारणा तय गर्न देउवाले बैठक राखेका थिए। तर बैठक बिनानिष्कर्ष टुंगिएको नेताहरूले बताएका छन्।

याे पनि : प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि नै कांग्रेस नेतृत्वमा अविश्वास प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .