ad ad

राजनीति


प्रधानमन्त्री ओलीले बोलाए नेकपा संसदीय दलको आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए नेकपा संसदीय दलको आकस्मिक बैठक

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:९,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका आकस्मिक संसदीय दलका बैठक बोलाएका छन्।

नेकपाका ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईलाई विभिन्न विषयमा छलफल गर्न आवश्यक भएको भन्दै बैठक बोलाइएको बताए।

‘नेकपाका संसदीय दलका नेताले संसदीय दलको बैठक बोलाउनु भएको छ’ भट्टराईले भने, ‘विभिन्न विषयमा छलफल गर्न आवश्यक भएकाले बैठक बोलाउनु भएको हो।’

बैठक सुरु हुनु अगावै संसद भवनबाट बाहिरिएका प्रधामन्त्री ओलीले बालुवाटार पुग्नासाथ संसदीय दलको आकस्मिक बैठक बोलाएका हुन्।

संसद बैठक सकिनासाथ संसदीय दलको बैठक प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने, एमाले र माओवादी छुट्टाछुट्टै दलको अस्तित्व रहने फैसला सुनाएपछि ओलीले बैठक बोलाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .