ad ad

राजनीति


संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्दा कांग्रेसद्वारा नाराबाजी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्दा कांग्रेसद्वारा नाराबाजी

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:१४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा प्रस्तुत गरेकोमा विरोध प्रदर्शन गरेको छ।

सो अध्यादेश सरकारले संविधानको भावनाविपरीत संसद विघटन गरेको बेलामा ल्याएको भन्दै  संसद बैठकमा विरोध गरेको हो।

कांग्रेसको विरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई सो अध्यादेश प्रस्तुत गर्न समय दिएपछि कांग्रेस सांसदहरुले रोष्ट्रममा गई नाराबाजी गरेका थिए।

कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले सरकारले यो अध्यादेश तुरुन्त फिर्ता गर्नुपर्ने बताएका थिए।

उनले सो अध्यादेश संसदमा प्रवेश गर्न नसक्ने र सरकारले अविलम्ब फिर्ता लिनुपर्ने माग गरेपनि सभामुखले मन्त्रीलाई पेस गर्न भनेपछि कांग्रेस सांसदहरुमा रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।

नारबाजी जारी राखेपछि सभामुखले बैठक १० मिनेटका लागि भन्दै स्थगित गरेका थिए। 

सभामुखले मन्त्री श्रेष्ठलाई संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गर्न आदेश दिनासाथ कांग्रेसका सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए।

‘यो सरकारलाई अध्यादेश ल्याउनुपर्ने बाध्यता कहाँबाट आयो? संविधानको भावनाविपरीत अध्यादेश ल्याएको हुँदा यो प्रमुख प्रतिपक्षी दलले स्वीकार गर्दैन,’ बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदमा भनिन्।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दल र सभामुखको अनुपस्थितिमा अध्यादेशमार्फत परिषद्सम्बन्धी ऐन नै संशोधन गरी एकलौटी ढंगबाट संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै कांग्रेसले विरोध गरेको हो।

सोही अध्यादेश पारित गर्न संसदमा पेस गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .