ad ad

राजनीति


निर्वाचन आयोग भन्छः अब एउटै दल बन्ने कि दुई वटा, उहाँहरुकै हातमा छ

निर्वाचन आयोग भन्छः अब एउटै दल बन्ने कि दुई वटा, उहाँहरुकै हातमा छ

उजिर कार्की
फागुन २३, २०७७ आइतबार १२:२८,

नेकपाबारे सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले अब दुई वटा दल रहने कि एउटै बन्ने भन्ने विषय दलकै हातमा रहेको जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसला कार्यान्वयन गरिने बताए।

‘आयोगले फैसला कार्यन्वयन गर्नैपर्छ। फैसला कार्यन्वयन गर्दा दुई वटा रहन पनि सक्छन्। नयाँ नाममा एकीकरण गर्न पनि सक्छन्। त्यो विषय अब उहाँहरुकै हातमा छ,’ प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने।

आधिकारिक नेकपा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता भइसकेको श्रेष्ठले बताए।

‘फैसला आयोगमा प्राप्त भएर दर्ता भइसकेको छ। अब आयोगले अदालतको फैसला गरेअनुसार नै गर्छ, के के गर्नु पर्ने भनेको छ त्यही गर्छौं,’ श्रेष्ठले भने, ‘अन्य विषयको हकमा कानुनको व्याख्या जसरी हुन्छ त्यही अनुसार गर्छौं। फैसला कार्यान्वयन गर्दा त्यसले माग गर्ने विषयहरुको निकास दिँदै जानुपर्छ।’

कानुनका कसीमा कुनै दृष्टिकोणमा गरिएका कुरा परिमार्जित हुनु स्वभाविक भएको उनले बताए।

उनले थपे, ‘फैसला कार्यान्वयन गर्ने क्रममा त्यसले माग गर्ने विषयहरु आइहाल्छन्। कसलाई के हुन्छ अहिले नै भन्न मिल्दैन कुन पार्टी रहन्छ रहँदैन भनेर निर्वाचन आयोगले निर्णय गर्छ।’

सोमबार सार्वजनिक बिदा भएकाले मंगलबारबाट आयोग यस विषयमा प्रवेश गर्ने श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .