नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि त्यसबारे छलफल गर्नको लागि स्थायी समितिको बैठक बोलाएको हो।
आइतबार अदालतको फैसलालगत्तै प्रचण्ड–नेपाल पक्षका नेताहरुले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए। अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट गर्ने जनाइएको छ।
प्रतिक्रिया