ad ad

राजनीति


ओलीलाई पम्फाको आग्रह : भ्रममा नपर्नुहोस्, आलोचना सुन्नुहोस्, आत्मसमीक्षा गर्नुहोस्

ओलीलाई पम्फाको आग्रह : भ्रममा नपर्नुहोस्, आलोचना सुन्नुहोस्, आत्मसमीक्षा गर्नुहोस्

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ८:५३,

नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले दुई तिहाई ल्याउँछु भन्ने भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो आग्रह गरेकी हुन्। उनले प्रधानमन्त्री र उनीका सल्लाहकार, मन्त्री र अन्ध समर्थकलाई पनि आत्मसमीक्षा गर्न आग्रह गरेकी हुन्।

उनले दुई कम्युनिस्ट पार्टी मिलेर देशलाई शान्ति, समृद्धि र स्थिरतातर्फ लैजान अवसरको सदुपयोग नगरेर प्रधानमन्त्री ओलीले ठूलाे भूल गरेको बताइन्।

उनले लामो समय जेल बसेको र केही राम्रा काम गरेको भए पनि जनताले लामाे आन्दोलनबाट  ल्याएको परिवर्तन, संविधान र गणतन्त्र समाप्त पार्ने कदमले ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिएको बताइन्।

‘कुनै बेला आन्दोलन गर्नुभयो, लामो समय जेल बस्नुभयो। तर घटना कस्तो हुँदो रहेछ भने मान्छेको जीवनमा धेरै राम्रा काम गरे पनि एउटै कुकृत्यले इतिहासलाई कालो बनाइदिन्छ’, उनले भनिन्, ‘जनताले ७ दशक लामो आन्दोलन गरेर ल्याएको परिवर्तन, संविधान, संविधानवाद र लोकतानि्त्रण गणतन्त्रलाई समाप्त पार्ने कदमले तपाईंको नाम इतिहासका कालो अक्षरले लेखिएको छ।’

उनले ओलीले दुई तिहाइ ल्याउने भ्रम जनतामा छरिरहेको आरोप लगाउँदै इतिहासमा गरेको गल्तीबारे आत्मसमीक्षा गरेर अगाडि बढ्न सुझाब दिइन्।

‘भ्रममा नपर्नुहोस्, अलिअलि मान्छेको आलोचना सुन्नुहोस्, आत्मसमीक्षा गर्नुहोस, मेरो विशेष अपिल छ’, उनले भनिन्, ‘दुई तिहाइ ल्याउछु भन्ने भ्रम नदिनुहोस्, दबाब र प्रलोभनमा पारेर आफ्नै पार्टीलाई एकताबद्ध पार्न सक्नु भएको छैन।’

उनले आफूहरुले अदालतको फैसला स्वीकार गर्ने बताएँदै अदालतले नमागेको कुरा दिएका कारण आफूहरु पुनरावलोकनमा जाने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .