ad ad

राजनीति


गल्ती महशुस गरे र आवश्यक परे प्रचण्डलाई पनि पार्टीमा समावेश गर्न ठूलो छाती लिएर आउँछौँः मन्त्री गुरुङ

गल्ती महशुस गरे र आवश्यक परे प्रचण्डलाई पनि पार्टीमा समावेश गर्न ठूलो छाती लिएर आउँछौँः मन्त्री गुरुङ

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:१६,

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आवश्यक परे र गल्ती महशुस गरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि एमालेमा समावेश गर्न ठूलो छाती लिएर आउने बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।

‘सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आवश्यक परे र गल्ती महशुस गरे, नेपाल कम्युनिस्ट पार्टी माओवादीको प्रचण्डलाई पनि पार्टीमा हामी समावेश गर्न ठूलो छाती लिएर आउनेछौँ’, उनले भने।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेपछि पत्रकारले सोधेको पार्टीभित्रको विवादबारे मन्त्री गुरुङको प्रतिक्रिया आएको हो।

त्यस्तै उनले एमालेभित्र गुटबन्दी अन्त्य गर्न जरुरी रहेको समेत बताए।

‘पार्टीमा अब कुनै पनि किसिमको गुटबन्दीको अन्त्य गर्ने, गुटबन्दीलाई नो इन्ट्री भन्ने कुरा पार्टीको एजेन्डा हो’, उनले भने, ‘गुटबन्दीको कारण सरकार अवरुद्ध हुने, पार्टी विभाजन हुने, र मुलुकको विकास र उन्नतिको निम्ति नभईकन पद, व्यक्ति र गुटको निम्ति रुमलिइरहने त्यो अवस्थाबाट मुलुकलाई अब अन्त्य गर्नुपर्छ।’

नेकपा एमालेमा पार्टी नेतृत्व, सरकारलाई कमजोर पार्ने नेताहरुलाई छुट दिनुहुँदैन भनेर पार्टी अगाडि बढेको उनले बताए। त्यसले गर्दा एमालेमा नयाँ रक्तसञ्चार गरेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .