ad ad

राजनीति


प्रहरी निरीक्षककाे परीक्षामा १४९ जना उत्तीर्ण (सूचीसहित)

प्रहरी निरीक्षककाे परीक्षामा १४९ जना उत्तीर्ण (सूचीसहित)

नेपालखबर
चैत ८, २०७७ आइतबार १३:७,

नेपाल प्रहरीले लिएको रिक्त प्रहरी निरीक्षक पदको परीक्षामा १४९ जना उत्तीर्ण भएका छन्।

आइतबार सूचना प्रकाशित गरी प्रहरी प्रधान कार्यालयले लिखित र अन्तर्वार्तामा उत्तीर्ण भएका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो।

कार्यालयले योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस भएका मुख्य तथा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको नामसमेत सार्वजनिक गरेको छ।

नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुलाई यही चैत १८ गते सम्पर्क गर्न पनि प्रधान कार्यालयले जानकारी गराएको छ।

उत्तीर्ण प्रहरी निरीक्षकको पहिलो नम्बरमा नवराज खड्का छन् भने दोस्रोमा रवीन्द्रसिंह कार्की छन्। यस्तै, तेस्रो नम्बरमा तिलकबहादुर बम र चौथोमा अविनास दिप जिसी रहेका छन्।

प्रहरी प्रधान कार्यालयले खुलातर्फ १२, समावेशी महिलातर्फ दुई र आदिवारी जनजातीतर्फ तीन जनाको वैकल्पिक नामसमेत प्रकाशित गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .