ad ad

राजनीति


मंगलबारको संसद बैठकअघि माओवादी केन्द्रले बोलायो स्थायी समिति

मंगलबारको संसद बैठकअघि माओवादी केन्द्रले बोलायो स्थायी समिति

नेपालखबर
चैत ९, २०७७ सोमबार १२:४४,

पछिल्लो राजनीतिक अवस्था र सांगठनिक संरचनाबारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ।

भोलि मंगलबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्ने बैठक आह्वान गरिएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले बताए।

‘बैठक बोलाइएको छ, एजेन्डा अहिले खुलाइएको छैन,’ पोखरेलले नेपालखबरसँग भने।

भोलि (मंगलबार) संसद बैठक बस्दैछ। बैठक बस्नुअघि माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राखेको माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुनको लागि यसअघि नै अल्टिमेटम दिइसकेको छ।

यस्तै माओवादी छोडेर एमालेतिर लागेकाहरुलाई स्पष्टीकरण पनि सोधेको थियो। तर, अहिलेसम्म कोही पनि एमालेबाट फर्किएका छैनन्।

माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ।

ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार भए पनि जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएकोले रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .