ad ad

राजनीति


माओवादी केन्द्रको स्थायी समिति बैठक सिंहदरबारमा बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक सिंहदरबारमा बस्दै

नेपालखबर
चैत १०, २०७७ मंगलबार ३:२४,


नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान सिंहदरबारमा बस्दै छ। पछिल्लो राजनीतिक अवस्था र सांगठनिक संरचनाबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको हो।

बैठकको लागि नेताहरु सिंहदरबार पुग्ने क्रम सुरु भएको छ। आफूहरु बिहान ८ बजे नै पार्टी संसदीय दलको कार्यालय सिंहदरबार आइपुगेको नेता लीलामणि पोख्रेलले जानकारी दिए। ‘बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको हो, साथीहरु आउँदै हुनुहुन्छ,’ स्थायी समिति सदस्य पोख्रेलले बिहान पौने नौ बजे नेपालखबरसँग भने, ‘बैठकको एजेन्डा अहिले खुलाइएको छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राखेको माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन यसअघि नै अल्टिमेटम दिइसकेको छ।

पार्टी छाडेर एमालेतिर लागेका नेताहरुलाई माओवादी केन्द्रले स्पष्टीकरण पनि सोधेको तर, अहिलेसम्म कसैले स्पष्टीकरण दिएका छैनन्। उनीहरु माओवादी केन्द्रमा पनि फर्किएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .