ad ad

राजनीति


नेता नेपाल र रावललाई एमालेबाट निलम्बन गरिएकोबारे सूर्य थापाको आक्रामक प्रतिक्रिया

नेता नेपाल र रावललाई एमालेबाट निलम्बन गरिएकोबारे सूर्य थापाको आक्रामक प्रतिक्रिया

नेपालखबर
चैत १६, २०७७ सोमबार १४:५७,

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले माधवकुमार नेपाल र भीम रावललाई गरिएको निलम्बन पहिले नेकपामा छँदा आफूहरूलाई गरिएको कारबाहीजस्तो स्पष्टीकरण नै नसोधी नगरिएको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले नेताहरू नेपाल र रावललाई पार्टी सदस्यताबाट ६/६ महिना निलम्बन गरेको दिन सोमबार साँझ सामाजिक सञ्जालमार्फत थापाले उनीहरूलाई विधि र प्रक्रियाबमोजिम कारबाही गरिएको दाबी गरेका हुन्।

‘नेकपा (एमाले) को साधारण सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरिएको छ– १. माधवकुमार नेपाल २. भीम रावल, पिएचडी,’ एमाले केन्द्रीय सदस्य थापाले लेखेका छन्, ‘स्पष्टीकरण सोधी विधि, पद्धति र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको छ। जब कि प्रचण्ड–नेपालले स्पष्टीकरण नै नसोधी कंगारू कोर्टले जस्तै हामीलाई कथित निलम्बन गरेका थिए।’

suaakramak

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .