ad ad

राजनीति


नेकपा बदरविरुद्ध प्रचण्डले पुनरवलोकन निवेदन दिएपछि आत्तिएकै हो ओली पक्ष?

नेकपा बदरविरुद्ध प्रचण्डले पुनरवलोकन निवेदन दिएपछि आत्तिएकै हो ओली पक्ष?

नेपालखबर
चैत १८, २०७७ बुधबार ३:१८,

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज, एमाले–माओवादी केन्द्र पुनर्स्थापना गरिएको फैसलाविरुद्ध तत्कालीन नेकपाका अध्यक्ष एवं हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरवलोकन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि नेकपा एमाले ओली पक्षबाट एकपछि अर्काे नेताले प्रश्न/प्रतिक्रिया प्रकट गरिरहेका छन्।

प्रचण्डले सर्वाेच्चमा निवेदन दिनासाथ मंगलबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए भने उनै पक्षका एमाले नेता शंकर पोखरेलले पनि साँझ सामाजिक सञ्जालमार्फत प्रचण्डलाई प्रश्न गरेका थिए।

यसै क्रममा आज बिहान ओली पक्षकै नेत्री शान्ता चौधरीले पनि यस विषयमा विरोध जनाएकी हुन्।

सांसदसमेत रहेकी चौधरीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘क. प्रचण्ड, अदालतले पार्टी एकता गरिदिने हो र? साँच्चै एकीकृत पार्टी निर्माण गर्न चाहेको भए पार्टी एकताका आधारभूत कामहरू गर्नुपर्ने थियो, देशव्यापी संगठन निर्माणमा लाग्नुपर्ने थियो, अहिले आएर अदालतको दैलोमा अहिले जानै पर्दैनथ्यो।’

उनले अगाडि लेखेकी छन्, ‘उतिबेला आफ्नो पद र स्वार्थभन्दा माथि उठ्न सकेको भए र एकतालाई जोगाउने प्रयास गरेको भए अर्कै माहोल सिर्जना हुने थियो। कमरेडले एकताको मर्मविपरीत गतिविधि गर्नुभयो त्यतिबेला। अबचैं अदालतको दैलोमा गएर के गर्नु? आत्मआलोचित हुनुहोस र नया ढंगले देश र जनतालाई केन्द्रमा राखेर एकताको प्रयत्न गर्नुहोस्।’

कारण यस्तो छ
२ वर्षअघि ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले दर्ता आफ्नो नेकपाले मान्यता पाउनुपर्ने माग गर्दै हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै प्रचण्ड–ओलीहरूको नेकपा खारेज मात्र गरेन, यसमा मिसिएका पहिलेकै दल एमाले र माओवादी केन्द्र पुनर्स्थापनासमेत गरिदियो। त्यसपछि स्वतः ओली बलिया भए अर्थात् संसदमा सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष बने।

तसर्थ कथं फैसला पुनरवलोकन भयो र नेकपा पुनर्स्थापना भयो भने पुनः ओली कमजोर हुने निश्चित छ। यसैकारण ओली पक्षका निम्ति पुनरवलोकन चिन्ताको विषय बनेको हो।

यो पनि : नेकपा खारेजविरुद्ध प्रचण्डले पुनरवलोकन निवेदन दिएपछि झस्कियो ओली पक्ष, शंकर पोखरेलले गरे प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .