ad ad

राजनीति


एमाले नेता विष्णु रिजाल भन्छन् : कांग्रेस र माओवादी केन्द्रले ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ !

एमाले नेता विष्णु रिजाल भन्छन् : कांग्रेस र माओवादी केन्द्रले ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ !

नेपालखबर
चैत १९, २०७७ बिहिबार ६:७,

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता विष्णु रिजालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको देख्दा उदेक लागेको टिप्पणी गरेका छन्।

माओवादी केन्द्रलाई सरकारलाई आफैंले दिएको समर्थन फिर्ता लिन र कांग्रेसलाई संविधानअनुसार अविश्वास प्रस्ताव दर्ता गर्न कसले रोक्यो भनेर उनले प्रश्न गरेका छन्।

‘कांग्रेस र सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्र दुवैले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ,’ नेता रिजालले बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘नबुझेको कुरा : आफैंले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरेअनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र?’

bishnutwi 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .