ad ad

राजनीति


प्रधानमन्त्री कार्यालय रहेको भवनमा अब गृह मन्त्रालय (फोटो फिचर)

प्रधानमन्त्री कार्यालय रहेको भवनमा अब गृह मन्त्रालय (फोटो फिचर)

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ८:७,

हाल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय रहेको भवनमा बैशाख १ गतेदेखि गृहमन्त्रालय सर्ने भएको छ।

गृहमन्त्रालय सर्न लागेको भवनको आज शुक्रबार गृहमन्त्री रामबहादुर थापाले निरीक्षण गरेका छन्।

वि.स. २०७२ वैशाख १२ गतेको भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो।

सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारवाही हुदै आएको थियो।

डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय मूल सिंहदरबारको पूर्वी भवनमा सरेको छ।

प्रधानमन्त्री कार्यालया पहिलेकै भवनमा सरेपछि खालि भएको सो कार्यालयमा गृहमन्त्रालय सर्न लागेको हो।

हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ।

निरीक्षणका दृष्यहरु:

HomeMinister inspection 2
HomeMinister inspection 3
HomeMinister inspection 4
HomeMinister inspection 5
HomeMinister inspection 6

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .