ad ad

राजनीति


एमाले प्रवेश गरेर मन्त्री बनेका टंक आङवुहाङलाई पनि कारबाही गर्‍यो माओवादी केन्द्रले

एमाले प्रवेश गरेर मन्त्री बनेका टंक आङवुहाङलाई पनि कारबाही गर्‍यो माओवादी केन्द्रले

नेपालखबर
चैत २३, २०७७ सोमबार ६:४३,

नेकपा (माओवादी केन्द्र) ले सो पार्टीबाट निर्वाचित प्रदेश १ का सांसद टंक आङवुहाङलाई पार्टी सदस्य नरहने गरी निष्काशित गरेको छ।

नेकपा विघटन भई पूर्ववत् एमाले र माओवादी केन्द्र बन्दा आङवुहाङ प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लागेर प्रदेश १ सरकारको मन्त्री बनेका छन्।

माओवादी केन्द्रका प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङवोका अनुसार उनलाई पार्टी सदस्य नरहने गरी कारबाही गरेको भनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश संसदीय दलको रुपमा आफूले लेखेको पत्र प्रदेश संसदमा बुझाइसकिएको छ।

‘पार्टी अध्यक्षको पत्र र संसदीय दलको नेताको रुपमा मैले लेखेको पत्र प्रदेश सभामा बुझाइसकेका छौं,’ इन्द्र आङवोले नेपालखबरसँग भने।

यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा अगुवाई गरेका कारण राईकै मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री रहेका इन्द्र आङवोलाई उनले मन्त्री पदबाट हटाएका थिए।

त्यसपछि उनको ठाउँमा राईले टंक आङवुहाङलाई मन्त्री बनाएका हुन्।

आङवुहाङ निर्वाचित भएको पार्टीले उनलाई सो पार्टीको सदस्य नरहने गरी कारबाही गरेपछि अब उनको सांसद पद रहनेछैन।

सांसदविना पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था अनुसार सरकारमा भने रहन सक्नेछन्।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका अन्य प्रदेशका माओवादी सांसदहरुलाई पनि कारबाही गरेको छ।

आइतबार सो पार्टीले आफ्नो पार्टी छाडेर एमाले प्रवेश गरेका लुम्बिनी प्रदेश सभाका सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टी सदस्य नरहने गरी कारबाही गर्नुका साथै प्रदेश सभामा पनि जानकारी गराएको छ।

उनीहरुको पनि प्रदेश सभा सदस्य पद नरहने सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .